Sunday, January 8, 2017
नेपाली सेनाको गाडी दुर्घटनामा
२४ पुस, डडेल्धुरा।
शनिबार राति परेको हिमपातका कारण साउखर्कमा अवरुद्ध भएको भीमदत्त राजमार्ग खोलेर फर्कँदा नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।
हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुड दल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
अवरुद्ध बाटो खोली फर्कने क्रममा साउखर्कभन्दा करिब पाँच सय मिटरयता डडेल्धुरास्थित गरुड दल गणका सेना चढेको गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेमध्ये तीन जना सिकिस्त रहेको गरुड दल गणका सहसेनानी प्रेम बोगटीले बताए । घाइते सेनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ
Labels:
NATIONAL NEWS
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment