ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन पूर्णरुपमा सुरक्षित रहेको दाबी सामसुङले गरेको छ ।
एक संक्षिप्त विज्ञप्ती जारी गर्दै सामसुङले यस्तो बताएको छ । ब्याट्रीको समस्याका कारण ग्यालेक्सी नोट सेभेन स्मार्टफोनको उत्पादन बन्द गर्नुपर्दा करोडौँ डलर घाटा बेहोरेको सामसुङले अहिले आफ्नो ध्यान एस सेभेनमा केन्द्रित गरेको हो ।
अाफ्नो ब्राण्ड इमेजमा परेको नोक्सानीलाई परिपूर्ति गर्नका लागि ऊ एस सेभेन पूर्ण रुपमा सुरक्षित रहेको विषयमा उपभोक्तालाई विश्वस्त गराउन चाहन्छ ।
No comments:
Post a Comment