Tuesday, November 22, 2016

संविधान संशोधन नभए देशब्यापी आन्दोलन हुन्छः उपेन्द्र यादव

७ मंसिर, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्वोधन गर्न गम्भीर नदेखिएका भन्दै राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताएका छन् । सप्तरीको मल्हनियाँमा मंगलबार आयोजित पार्टी प्रवेश एवम् जनसभालाई सम्वोधन यादवले भने ‘वर्तमान सरकार मधेसको माग सम्वोधन गर्न गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प छैन, अब हुने संघर्षको स्वरुप निर्णायक हुनेछ ।’ आफूहरु शालिन भएर प्रस्तुत हुँदै आएकोमा ठूला भनाउने दलहरुले मधेसको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको यादवले बताए । मधेस आन्दोलन र मधेसको मागबारे अन्तर्राष्ट्रिय स्तरमा स्थापित भइसकेको भन्दै उनले भने ‘मधेसी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जान दिने छैनौं, मधेसको हक अधिकार संविधानमा उल्लेख नभएसम्म औचित्यहीन हुनेछ ।’

No comments:

Post a Comment