Friday, January 20, 2017

मधेसी मोर्चाको विरोध गर्नेजति सबै मधेसविरोधी होइनन्

केही दिनअघि राष्ट्रपति भवनमा भएको सर्वदलीय बैठकमा एमाले उपाध्यक्ष भीम रावलले मधेसमा अशान्ति मच्चाउन मधेसी मोर्चा, सशस्त्र समूह र भारतीयहरुको संयुक्त बैठक बसेको सूचना सुनाए । नेपाल सरकारको रक्षा र गृहमन्त्रालय सम्हालिसकेका जिम्मेवार नेताले यस्तो संवेदनशील र गम्भीर सूचना हचुवाका भरमा भनेका हुन् भने सरकारले प्रष्ट पार्नुपर्छ, कि त रावलले पुष्टि गर्न सक्नुपर्छ ।

यसबीचमा सरकार र मधेसी मोर्चाबीचको बैठकमा प्रधानमन्त्रीले रावलको दावी पुष्टि हुन नसकेको भनेका छन् । पुष्टि नहुने सूचनाका आधारमा रावलले परिस्थितिलाई उत्तेजक बनाउन खोजेका हुन् भने उनको विश्वसनीयतामा गम्भीर प्रश्न खडा हुनेछ । मधेसी मोर्चाले भीम रावलमाथि कारवाही हुनुपर्ने माग पनि गरिसकेको छ ।
यसबीचमै मधेसी मोर्चाका नेता उपेन्द्र यादवले भीम रावलको दावीलाई अश्वीकार गर्दै उनले मधेसी जनतामाथि आरोप लगाएको अभिव्यक्ति दिए । रावलले शीतल निवासको बैठकमा मधेसी मोर्चा, सिके राउत समूहका नेताहरुमाथि आरोप लगाएका थिए । तर मधेसी मोर्चाले त्यसलाई मधेसी जनतामाथिको आरोपका रुपमा परिभाषित गर्न खोज्यो ।
मधेसी मोर्चा र मधेसी जनता एकै हुन् ?
परिस्थितिलाई भड्काउने वा जनताको भावनालाई भड्काउने काममा भीम रावल र मधेसी मोर्चाबीच कहाँनेर भिन्नता खोज्ने ? आजको मुख्य प्रश्न यो हो । सेना र प्रहरीको कमाण्ड गरिसकेका भीम रावलले हावादारी सूचना बाँडेर भड्काउन खोजेको हुन् भने उनलाई कारवाही हुनुपर्छ । तर, मधेसी मोर्चाका केही नेतामाथि रावलले लगाएको आरोपलाई सम्पूर्ण मधेसी जनतामाथिको आरोपका रुपमा परिभाषित गरेर मधेसी जनता भड्काउन खोज्ने नियत पनि ठीक होइन ।
के उपेन्द्र यादव वा राजेन्द्र महतो वा कुनै एउटा मधेसवादी पार्टीले तराई मधेसका डेढ करोड जनताको प्रतिनिधित्व गर्न सक्छन् ? मधेसी मोर्चाका कुनै नेताले बोलेको कुरा सबै मधेसीको हुन सक्छ ? मधेसी मोर्चाका अमूक नेतामाथि लाग्ने आरोप झापादेखि कञ्चनपुरसम्मका सबै मधेसी जनतामाथिको आरोप कसरी हुन सक्छ ? पार्टी वा व्यक्तिमाथिको आरोपलाई समुदायमाथिको आरोपका रुपमा अतिरञ्जित गर्ने सोच पराजित मानसिकताको अभिव्यक्तिमात्र हो ।
समुदायमाथिको ‘इमोशनल ब्ल्याकमेलिङ’
मधेसमा मधेसकेन्दि्रत दलमात्रै करीव एक दर्जन छन् । ती बाहेक कांग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता राष्ट्रिय पार्टीहरुले करीव ७० प्रतिशत भन्दा बढी मधेसी जनताको मत प्राप्त गरेका छन् । यो नांगो तथ्यलाई नजरअन्दाज गरेर २५ हजार मत पाएर एउटा सांसद पाएको कुनै मधेसवादी दलको नेतामाथिको आरोप सबै मधेसी जनतामाथिको आरोपका रुपमा अथ्र्याउनु मधेसी समुदायमाथिको ‘इमोशनल ब्ल्याकमेलिङ’ मात्र हो ।
कुनै नेता अमूक जात वा नश्लको हुँदैमा उसले गर्ने गल्ती वा ऊमाथि लाग्ने आरोपको भागिदार उसको समुदाय हुन सक्दैन । मधेसी मोर्चाका नेताको आलोचना गर्नु भनेको मधेसी जनताको आलोचनाका रुपमा बुझ्नु वा बुझाउने प्रयास गर्नु मधेसी समुदायमाथिको अन्याय हो । जसरी भीम रावले मोर्चाका नेतामाथि लगाएको आरोपलाई समुदायमाथिको आरोपका रुपमा अथ्र्याउन खोजिँदैछ ।
घृणाको ब्यापार गर्नेहरु को हुन् ?
पहिलो मधेस विद्रोहको १० वर्ष पुगेको दिन यसबीचमा मधेस मुद्दामा वकालत गरेर बजार पाएका केही विद्वानहरुले पनि मधेसी मोर्चा र मधेसी समुदायलाई एउटै डालोमा राखेर पहाडे समुदायमाथि प्रहार केन्द्रित गर्न खोजेका टिप्पणीहरु पढ्न पाइयो । उनीहरुको सबैभन्दा ठूलो दुःख यो हो कि, मधेस विद्रोहको भट्टीमा अमूक समुदाय विरुद्धको रोटी पोलेर आफ्नो बजार बढाउन तल्लो स्तरमा उत्रेर कुण्ठा र घृणाको विष पोख्दैछन् ।

मात्रिका पौडेल
केही व्यक्ति छन्, जो मधेसी जनताको भावनालाई उपहास गर्छन् । केही व्यक्ति छन्, जो मधेसी जनतामाथिको उत्पीडन स्वीकार गर्नै सक्दैनन् । त्यस्ता व्यक्तिहरुले समग्र पहाडे समुदायको प्रतिनिधित्व गर्छन् त ? घृणाको ब्यापार गर्ने र त्यसबाट आफू मालामाल हुने प्रवृति मधेस पहाड दुवैतिर हुन्छन् । बुझ्नुपर्ने कुरा त के हो भने-मधेसी जनताको अधिकार कुनै पहाडे जनताले खोसेको होइन ।
इतिहासको शासकले गरेको उत्पीडनको क्षतिपूर्ति मधेसी जनताले पाउँदा कुनै पहाडे जनताले आफ्नो अधिकार काटेर दिनु पर्ने होइन । मधेसी जनताले पहाडेको अधिकार खोसेर लिन खोजेका होइनन् । आफ्नो पहिचान र अधिकार राज्यसँग समान रुपमा उपभोग गर्न पाउँ भनेका मात्र हुन् । मधेसीले राज्यसँग अधिकार माग्दा पहाडेले सकेसम्म साथ दिनुपर्छ । राज्यले दिने अधिकार पहाडेबाट खोसेर मधेसीले पाउने होइन ।
तराई मधेसका मुसहर, चमारलगायत उत्पीडित समुदायका विद्यार्थीलाई विश्वविद्यालयसम्म निःशुल्क शिक्षा दिने घोषणाको कुनै पहाडे विद्यार्थीले बिरोध गरेनन् । सम्बृद्ध मधेसका लागि सिँचाईमा बजेट हाल्दा कुनै पहाडे किसानले बिरोध गरेन । मधेसका सदरमुकामको पूर्वाधार विकासमा प्रत्येक जिल्लामा ५० करोड बजेट बिनियोजन गर्दा पहाडका जिल्लामा कतै बिरोध सुनिएन । तर, जब प्रदेशको सीमांकनको कुरा आउँछ, स्वाभाविक रुपमा जनताका फरक मान्यता आउन सक्छन् ।
त्यसैलाई मधेस बिरोधी भनेर अतिरञ्जित गर्ने प्रवृति चाहिँ साम्प्रदायिक विद्वेष हो । तिनीहरु नै हुन्, घृणाका ब्यापारी । न त पहाड र मधेसका जिल्ला एकै ठाउँमा मिलाउँदा मधेसीको अधिकार खोसिन्छ । न त पहाडबाट मधेसका जिल्ला अलग गर्नासाथ देश बिखण्डन हुन्छ । यी दुवै सोच नै घृणाका ब्यापारी हुन् । २ नम्बर प्रदेशमा पहाड चाहिन्छ भन्ने मधेसीहरुलाई मधेस बिरोधी देख्ने र नवलपरासीदेखि कञ्चनपुरसम्मको तराई भूभाग अलग प्रदेश माग्नेलाई बिखण्डनकारी देख्ने दुवै सोच खोटपूर्ण हुन् ।
मुख्य कुरा नियत राम्रो छ कि छैन भन्ने हो । मधेसलाई समग्र रुपमा पहाडबाट अलग गरेर नेपाल मधेसी र पहाडे दुई राष्ट्रियता भएको राज्य हो भन्ने नियत स्थापित नहोस भन्ने सोचलाई मधेस बिरोधी देख्न हुन्न । त्यस्तै पहिचान र प्रतिनिधित्वको सुनिश्चितता होस् भन्ने उद्देश्यले मधेस मात्रैको भूगोल रहेको प्रदेश बन्नुपर्छ भन्ने सोचको पनि उत्तिकै सम्मान गर्नुपर्छ । मधेस विद्रोह र मधेस आन्दोलनका शहीदहरुको उद्देश्य सायद पहाडे र मधेसी अलग बस्नुपर्छ भन्ने थिएन कि ?
पार्टीको बिरोध समुदायको बिरोध हो ?
मधेसी मोर्चाका एजेण्डाको बिरोध गर्नु भनेको मधेसी समुदायको बिरोध होइन । लोकतन्त्रमा कुनै दलको नीतिको विरुद्ध लेख्नु वा बोल्नु भनेको कुनै समुदायको बिरोधमा बोल्नु किमार्थ होइन । परिवार दलको बिरोध गर्नेलाई परिवारकै बिरोधी भन्न मिल्छ ? नेपा राष्ट्रिय पार्टीको आलोचना गर्नेलाई नेवार समुदायको आलोचक मानेर गाली गर्न मिल्छ ?
राजनीतिक माग र मुद्दामा बिरोध हुनासाथ बिरोध गर्नेलाई मधेस विरोधी देख्ने सोच या त पराजित मानसिकता हो, या त नियोजित रुपमा साम्प्रदायिक नियत हो
संघीय समाजवादी पार्टीसँग असहमत हुँदा संघीयताको बिरोधी देख्न हुन्छ ? त्यस्तै मधेस केन्दि्रत दलका बिचारको बिरोध गर्नासाथ मधेसी बिरोधी वा मधेस बिरोधी भन्न मिल्छ ? सामान्य भए पनि यी प्रश्नको जवाफ नदिने हो भने बिस्तारै नेपाली समाजमा कुनै व्यक्तिले आफ्नो अपराधलाई सामुदायिकरण गर्ने प्रयास हुनेछ ।
यो सन्दर्भमा एउटै उदाहरण काफी छ । सुडान घोटाला प्रकरणमा अख्तियारले नेपाल प्रहरीका बहालवालासहित पूर्वआइजीपीहरुलाई भ्रष्टाचार मुद्दा लगायो । तर, पूर्व आइजीपी हेमबहादुर गुरुङले आफू जनजाति भएका कारण भ्रष्टाचारमा फसाइएको भन्दै ०६९ जेठका जनजाति आन्दोलनको अग्रमोर्चा सम्हाले । भ्रष्टाचार गर्ने कर्मचारीले ‘म फलानो जातको भएका कारण फसाइयो’ भन्न थालियो भने हाम्रो समाज कहाँ पुग्छ ? चिन्ताको विषय यो हो ।
मधेसी मोर्चाले संविधानका सन्दर्भमा आफ्ना असहमति राखेर आन्दोलन गर्‍यो । त्यो आन्दोलनमा कांग्रेस, एमाले, माओवादी जस्ता दलमा रहेका कार्यकर्ता र समर्थकहरु पनि सहभागी भए । अधिकारको आन्दोलनमा पार्टी भन्दा माथि उठेर मान्छे लाग्छन् । चाहे जनआन्दोलन होस वा मधेस आन्दोलन, त्यो कुनै पार्टीको ब्यानरमा शुरु भए पनि आम जनताको आन्दोलन हुन् । कसैले पनि त्यस्ता आन्दोलनको अपमान गर्न सक्दैन र गर्नुहुँदैन ।
तर जब आन्दोलनका माग, मुद्दा र उद्देश्यका बारेमा बहस हुन्छ, त्यसमा आन्दोलनकारी नै एक मत नहुन सक्छन् । आन्दोलनमा लागेका महोत्तरीका जनताको उद्देश्य र रुपन्देहीका जनताको उद्देश्य फरक हुन सक्छ । राजनीतिक माग र मुद्दामा बिरोध हुनासाथ बिरोध गर्नेलाई मधेस विरोधी देख्ने सोच या त पराजित मानसिकता हो, या त नियोजित रुपमा साम्प्रदायिक नियत हो ।
मधेसीलाई नेपाली नदेख्ने को हो ?

कुनै मधेसवादी दलको नेतामाथि भीम रावलले लगाएको आरोप सबै मधेसी जनतामाथिको आरोप हुन सक्दैन । अनि आरोप लगाउने भीम रावल गलत हुन् भने उनको गल्तीको सजायँ खस क्षेत्री समुदायले पाउँदैन । नेता वा दलको आलोचना, बिरोध र आरोपलाई त्यो नेताको समुदायमाथिको लान्छानाका रुपमा बुझ्ने बुझाउने खतरनाक प्रवृति मधेसवादी दल र केही मधेसी बुद्धिजीवीहरुले गरिरहेका छन् । यो भनेको उत्पीडनमा परेका मधेसी समुदायको भावनामाथि खेलेर आफूले उचाइ हासिल गर्ने छुद्र नियत हो ।
मधेस विद्रोहको राप र तापबाट एकाएक उदाएका मधेस विश्लेषकहरुले यो नियतलाई मलजल गर्ने गरेका छन् । कसैले पनि मधेसीलाई विदेशी भनेर आरोप लगाएको छैन । तर उनीहरु विषयलाई उत्तेजक बनाउन भन्ने गर्छन्- हामीलाई नेपाली नागरिक नै ठानिएन । सामाजिक सञ्जाल वा अन्यत्र प्रधानमन्त्रीकै भाषामा ‘हैसियत बिनाको’ कुनै एक व्यक्तिले भनेको कुरालाई सिंगो पहाडे समुदायमाथि जोडेर ‘हामीलाई नेपाली स्वीकार गरिएन’ भनेर रोइलो गर्नु आत्मवञ्चना मात्र हो ।
सबै मधेसी जनतालाई मधेसी मोर्चा देख्ने सोच र सबै पहाडे जनतालाई विशेष गरी (खस आर्य) शासक देख्ने सोच नै साम्प्रदायिक बिखण्डनकारी सोच हो । जसरी मधेसी मोर्चाले सबै मधेसी जनताको प्रतिनिधित्व गर्न सक्दैनन्, त्यसैगरी कथित पहाडे खस शासकले सबै खस पहाडे जनताको प्रतिनिधित्व गर्दैनन् । गर्ने भए २५० वर्षसम्म खस पहाडेले शासन गरेको देशका खस आर्यहरु सबै गरिवीको रेखामाथि हुने थिए ।
मधेसी जनताले समान अधिकार पाउनुपर्छ भन्नेमा कुनै पहाडेको बिमति राख्न सक्दैन । तर मधेसी मोर्चाको माग र एजेण्डामा बिमति राख्न पाउछ । त्यो बिमतिलाई मधेस बिरोधी देख्ने दोशी चश्मा फुकालौं । कसैले भन्दै नभनेको कुरालाई अतिरञ्जित गरेर ‘हामीलाई नेपाली नै होइनौ भनियो’ भन्दैमा मधेसी जनताको अधिकार स्थापित हुँदैन । यसबीचका दुईवटा ठूला मधेस विद्रोहमा लाग्ने र सहादत दिने मधेसी जनताको सपना पूरा गर्ने हो भने यथार्थमा आउनुपर्छ, अतिरञ्जनामा होइन ।
मधेसीलाई अधिकार पहाडेले दिने हो ?
मधेसी जनतालाई फलानो अधिकार दिन पाइँदैन भनेर कुनचाहिँ पहाडे जनताले कहाँ भनेको छ ? संविधानको कुन धारामा पहाडेले पाउने फलानो अधिकार चाहिँ मधेसीले पाउँदैन भनेर लेखिएको छ ? मधेसी समुदायलाई राज्यले अधिकार दिँदा पहाडे समुदायको अधिकार खोसिने होइन ।
समान हैसियत र समान अधिकारका साथ यो मुलुकमा बसौं भन्ने मधेसी जनताको चाहनाको सबैले सम्मान गर्नुपर्छ । मधेसी जनताको अधिकारको आन्दोलनमा पहाडे जनताले साथ दिनुपर्छ । तर, मधेसी मोर्चाको एजेण्डा र मधेसी जनताको चाहनालाई एउटै हो भनेर गोलमाल गर्नुचाहिँ मधेस र मधेसीमाथिको धोका हो ।

छात्राहरुले पनि उभिएर पिसाब फेर्नुपर्ने !

चीनको एउटा विश्वविद्यालयले छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । विश्वविद्यालयमा छात्राहरुको लागि पनि पुरुषको जस्तै ‘युरिनल’ जडान गरिएपछि सबै छक्क परेका छन् । चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न भन्दै यस्तो प्रयोग गरेको हो । छात्राहरुले परम्परागत शौचालयको ठाउँमा युरिनल प्रयोग गरेमा दैनिक एक लाख ६० हजार लिटर पानी बचत हुने विश्वविद्यालयको दाबी छ । तर, उभिएर पिसाब गर्दा कसरी पानी बचत हुन्छ भन्ने खुलाइएको छैन । शौचालयमा छात्राहरुले अत्यधिकरुपमा पानी खेर फालिरहेको आरोप विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा लगाइएको छ । शौचालयमा टाँसिएको सूचनामा भनिएको छ, ‘यदि सबै छात्राहरुले उभिएर पिसाब फेरेको खण्डमा पानीको बचत हुनुको साथै रोग फैलन पनि रोकिन्छ ।’
छात्राहरुलाई उभिएर पिसाब गर्न सजिलो होस् भन्ने हेतुले शौचालयमा कागजको सोलीको व्यवस्था गरिएको छ । क्याम्पसले गरेको प्रयोगमाथि चिनियाँ सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरिरहेका छन् । एक जनाले लेखेका छन्, ‘यसबाट पानी कसरी बचत हुन्छ ? यसको पछाडि के तर्क छ ?’ अर्का व्यक्ति प्रश्न गर्छन्, ‘यसले कसरी काम गर्छ ? यसका डिजाइनरको दिमागमा के छ ?’ केटीहरुलाई उभिएर पिसाब फेर्न मिल्ने केही उपकरण आविस्कार भएका छन् । यस्ता उपकरण महोत्सव एवं क्याम्पिङमा प्रयोग गरिन्छ ।

अचम्मको रियालिटी शो, जसमा एक-अर्काको लुगा फुकाल्नुपर्छ

अहिले टेलिभिजन च्यानलहरुमा रियालिटी शोको बहार छ । तपाईंले पनि धेरै किसिमका रियालिटी शो हेरिसक्नु भएको होला । तर यति ‘फाल्तु’ रियालिटी शो सायदै हेर्नुभएको छ । अष्ट्रेलियाको टिभी च्यानल एसबिएसमा टेलिकास्ट शुरु भएको यो रियालिटी शोको नाम नै छ ‘अनड्रेस्ड’ । यसको काम पनि नाम अनुसारकै छ । यसमा आपसमा अपरिचित दुई व्यक्तिहरुलाई एक-अर्काको लुगा फुकाल्न लगाइन्छ ।
प्रत्येक हप्ताको सोमबार टेलिभिजनमा आउने यो रियालिटी शो १६ जनवरीबाट सुरु भएको हो । यसमा यस्ता जोडीहरु हुन्छन् जो विगतमा कहिल्यै भेट भएका थिएनन् । पहिलो भेटमै उनीहरुले एक-अर्काको लुगा फुकालेर नांगै बनाउनुपर्छ । त्यसपछि उनीहरु एउटै ओछ्यानमा आधा घन्टा एक-अर्कालाई अंगालेर सुत्नुपर्छ । सुत्ने क्रममा शारीरिक सम्वन्ध भने राख्न पाइदैन । बरु उनीहरुले एक-अर्कालाई मसाज चाहिँ गर्न सक्छन् । सुत्ने क्रममा प्रत्येक जोडीले रोमान्टिक र यौनजन्य सवालजवाफ गर्नुपर्छ । जस्तैः पहिलोपटक सेक्स गर्दाको अनुभव कस्तो रह्यो ? के तिमी असल चुम्बनकर्ता हौ ? तिम्रो कति इन्चको छ ? आदि । आधा घन्टाको सवालजवाफपछि दुई जनाले एक-अर्कालाई मन पराएको खण्डमा उनीहरु प्रेमी-प्रेमिका बनेर बस्न सक्छन् । अन्यथा शो छोडेर आ-आफ्नो बाटो लाग्नुपर्छ ।
यस शोको धेरैले आलोचना गरेका छन् । केहीले समर्थन पनि गरेका छन् । एसविएस च्यानलका निर्देशक मार्सल हेल्ड दर्शकहरुले पहिलो एपिसोड अत्यधिक रुचाएको बताउँछन् । ‘यसमा गलत केही पनि छैन, बरु दुई अपरिचित व्यक्तिले एक-अर्कालाई नजिकबाट चिन्ने मौका पाउछन्,’ उनले भने ।

नवलपरासीका थानेश्वर तीन वर्षदेखि साउदीको जेलमा

७ माघ, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल तीन वर्षदेखि साउदीको जेलमा छन् । टिपर चालक रहेका भुसाल दुर्घटनाको समयमा सवारी चालक अनुमतिपत्र नभएको मुद्दामा जेल परेका हुन् । उनकी आमा यमकला भुसालले भनिन्, ‘दसैंयता छोरोले घरमा फोन गरेको छैन ।’ उनका अनुसार अन्तिम पटक दसैंको टीकाको दिन उनले फोन गरेका थिए । फोनबाटै उनलाई आशीर्वाद दिएको स्मरण गर्दै उनले भनिन्, त्यसपछि सम्पर्क भएको छैन ।’ आजको राजधानी दैनिकमा समाचार छ । आमा यमकलाका अनुसार थानेश्वरले फोन गर्दा आफूसँग भएको मोबाइलमा पैसा नभएको र साथीभाइसँग पैसा हुँदा फोन गर्ने गरेको बताएका थिए । उनका परिवारले थानेश्वरलाई छुटाउन पहल परे पनि सफल नभएको र उनलाई नेपाल फर्काउन पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेको छ ।

भारतीय राजदूत रेलाई कालो झण्डा

७ माघ, माठमाडौं । निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीयले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेलाई कालो झण्डा देखाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले भारतीय राजदूत रञ्जित रेलाई कालोझण्डा देखाएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ । हुलाकी सडकको जिरो प्वाइन्ट रहेको धनगढीको क्याम्पस चोकमा बिहीबार हुलाकी सडकको उद्घाटनका लागि कैलाली पुगेका राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन्। कार्यक्रम स्थलमा सहभागीहरुले फुलको माला लगाइरहेका बेला जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल छैठाैंका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष उमेश कडेलले कालो कपडाको माला लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

संस्मरणः ‘छोरीभन्दा आमा तरुनी’ विरुद्ध महिलाले जुलुसै निकाले

मैले विभिन्न किसिमका लोकगीत गाएँ । तिनै गीतका आधारमा मलाई ‘स्टेज किङ’ देखि ‘सेक्सी गायक’ सम्म भनियो । वि.सं. ०१८ सालमा रेडियो नेपालको अंग्रेजी कार्यक्रममा गार्गी गुरुङले कुमार बस्नेत नेपालको ‘किङ अफ फोक सङ’ भनिन् । त्यहाँदेखि मलाई ‘किङ’ भन्न थालियो । नारायणगोपाल सांगीतिक क्षेत्रमा नआउँदैको कुरा हो यो । उनी त बल्ल ०२० सालमा निस्किएका हुन् । पछि मैले स्टेजमा गाउन थालेसँगै ‘स्टेज किङ’ भनियो । किङ, स्टेज किङ जे भने पनि त्यसमा मलाई कुनै मोह थिएन । अझ कतिपयले त अनेक थोक भन्न थाले । समाजकै कुरा टिप्दै ठेट पाराका शब्द राखेर मैले गाएका धेरै लोकगीत सुपरहिट भए । तिनै गीतका आधारमा मलाई कतिपयले यसले भल्गर गीत गाउँछ भनेर सेक्सी गायकसम्म भने । त्यसरी भन्नेहरुलाई मैले मुख थुन्न सक्ने कुरा पनि भएन । त्यस्तै आक्षेप खेप्ने गीत हो ‘छोरीभन्दा आमा तरुनी’ । यो गीत ०४८/४९ सालतिर गाएको हुँ । प्रजातन्त्र आइसकेपछिको समयमा यति त गाउन मिल्ला नि भनेर गाएको थिएँ । किनकि व्यङ्ग्य र घोचपेच त जसले पनि गरिरहेको देखिन्थ्यो । यो पनि सामाजिक व्यङ्ग्य नै थियो । कुनै पनि गीत तयार हुन थिम चाहिन्छ । यो गीत बन्नुको पछाडि पनि रमाइलो प्रसंग छ ।

  बिहेको निम्तोले गीत फुरायो

 म मनमौजी घुम्ने क्रममा धादिङको बेनीघाट गएको थिएँ । त्यहाँबाट काठमाडौं फर्कँदै गर्दा साँझ पर्न लागेको थियो । मलेखुमा आउँदा स्थानीय युवाहरुले गुरुम्म घेरे । त्यहाँ एउटा बिहे रहेछ । उनीहरुले भन्न थाले, ‘दाइ, हिँड्नुस् बिहेमा जाऔं ।’
मलाई घर फर्कन पनि हतार थियो । फेरि कसको बिहे हो, निम्तो बिनाको बिहेमा जाने कुरा पनि भएन । मैले टार्न खोजेँ, ‘ए भाइ, कर नगर । पाँच बजिसक्यो, म काठमाडौं पुग्नुपर्ने मान्छे कहाँ अब बिहेमा जानु !’ त्यही बेलामा सिँगारपटार गरेर आएका दिदीबहिनीहरु देखिए । उनीहरु सायद बिहे घरतिरै हिँडेका थिए । एकजना भाइले फ्याट्ट भने, ‘छोरीभन्दा आमा चाहिँ तरुनी भएर आएछन्, हेर त त्यहाँ ।’ मलाई त्यो भनाइले तरंगित पार्‍यो । कलाकार मान्छेले कलाकै हिसाबले हेरेँ । मैले भाइहरुलाई भनेँ, ‘गजब लाइन आयो । तिमीहरु यसलाई गीत बनाउन अरु शब्द कलेक्सन गर न ।’ त्यसपछि ठिटाहरुले मिहिनेत गर्न थाले । एउटा-एउटा शब्द बटुल्न थाले । त्यत्तिकैमा उनीहरुको सहयोगमा मैले गीत तयार पारेँ । संगीत संयोजक शुभबहादुर सुनाम दाइले गीतलाई सिंगार्नुसम्म सिँगारे ।

  महिलाहरुले जुलुसै निकाले
 यो गीत त्यसबेला निकै चल्यो । रेडियोमा बजिरहन्थ्यो । तर, गीत रुचाउने र विरोध गर्नेहरुको दुईथरी हुल देखियो । महिलाहरु यो गीत बज्नै हुँदैन भनेर प्रदर्शनमा समेत उत्रिए । ०४९ सालको कुरा हो, सुर्खेतमा एकातिर महिलाहरुको र अर्कातिर पुरुषहरुको जुलुस निस्किएछ । महिलाहरुले ‘छोरीभन्दा आमा तरुनी गीत’ गीत भड्किलो भएको भन्दै विरोध गरे । पुरुषहरु चाहिँ यो गीत बज्न पाउनुपर्छ भन्ने । सुर्खेतमा रेडियो नेपालको क्षेत्रीय कार्यालय त्यसबेला नै थियो । रेडियोमा गीत बजिरहने भएकोले महिलाहरुले कार्यालयमै पुगेर त्यो गीत तुरुन्त ब्यान्ड गर्न माग गरे । मैले त त्यसमा केही भन्ने कुरा थिएन । एक पटक गाइसकेपछि राम्रो र नराम्रो श्रोताले भन्ने कुरा हो । जुलुस सधैं हुने कुरा भएन । बिस्तारै साम्य भयो । तर, पछि सिंहदरबारमै आएर रेडियो नेपालमा कसैले यो गीतको विरुद्धमा उजुरी गरेछ । करिब तीन वर्ष गीत ब्यान्ड नै भयो । पछि के भयो, फेरि आफैं बज्न थाल्यो । त्यति बेला राम थापाको ‘कति बस्छौ माइतीको कौशीमा’, मैले नै गाएको ‘लप्सीको गेडा चुसेर’ भन्ने गीतहरुले पनि त्यस्तो अवरोध खेपेका थिए ।
  महिलाहरु विरोध गर्ने, ठिटीहरु नाच्ने
यो गीतको दुःखलाग्दो कुरा पनि छ, डरलाग्दो कुरा पनि छ । भैरहवामा एउटा कलेजको उद्घाटन कार्यक्रममा मलाई गीत गाउन बोलाइएको थियो । त्यस बेला प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराई पनि कार्यक्रममा जानुभएको थियो । रिक्सा चढेर कार्यक्रम स्थलतर्फ जाँदै थिएँ । बाटोमा १५-१६ जना बहिनीहरु आएर रिक्सा घेरे । एक जनाले सोधिन्, ‘तपाईं कुमार बस्नेत होइन ?’ ‘हो’ भनेँ । मलाई त थप्पड हान्न आएछन् कि भन्ने लागेको थियो । उनीहरुले हात चलाएनन्, फेरि पनि बोले मात्र, ‘तपाईंलाई एउटा कुरा भन्छौं ।’ ‘के कुरा हो, भन न ।’ उनीहरुले हाकाहाकी कुरा राखे, ‘हामीले भनेको गीत तपाईंले गाउने भए हामी कार्यक्रममा आउँछौं, होइन भने आउँदैनौं ।’ उनीहरुले सुन्न चाहेको गीत त्यही ‘छोरीभन्दा आमा तरुनी’ भन्ने थियो । मलाई अचम्म लाग्यो । यस्तै घटना दार्जीलिङको कालिम्पोङमा भएको थियो । त्यहाँको कार्यक्रममा यही गीत गाउँदा उमेर ढल्केका महिलाहरुको मुख बिग्रेको हुँदो हो, तर, केटीहरु नाचेर उधुमै गरे । नेपालमा पनि त्यस्तो होला भन्ने थाहा थिएन । बहिनीहरुको प्रस्तावमा मैले ‘हुन्छ, म त्यो गीत पक्कै गाउँछु’ भनेँ । साँझपख कार्यक्रममा अरु गीतका साथै यो गीत पनि गाएँ । ठिटाठिटीहरु खुब नाचे । माथि बाल्कोनीबाट पनि मान्छेहरु उफ्रीपाफ्री गर्न थाले । त्यो माहौल देखेर प्रधानमन्त्री भट्टराई समेत दंग पर्नुभयो ।
  कुमार बस्नेतकाे गीत –
आमाभन्दा छोरी तरुनी ठीकै भन्यौ नि हैन भाइ गल्ती भयो, उल्टो पर्‍यो नि ! अनि के हो त ? छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले लान्छ क्यार घुमाउन झिल्के डाइवरले । ऐना हेरी-हेरीकन कैले कपाल कोर्छे कैले बस्छे टोलाएर कैले दंग पर्छे कैले हेर्छे झ्यालबाट, कैले भित्र पस्छे आँखीभौं र परेलामा अनेक रंग घस्छे । खसम बाहिर गएको दुई महिना भा’छ जैले हेर्‍यो बाहिर घुम्छे, छैन घरमा बास उनलाई भयो छटपटी हामीलाई भोक-प्यास राम्री-राम्री तरुनीको सबलाई लाग्छ आश । छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले लान्छ क्यार घुमाउन झिल्के डाइवरले ।

Thursday, January 19, 2017

धनमायालाई बिझायो सिंहदरबारको कुर्सीः भन्छिन्- राज्यमन्त्रीको पदै खारेज गरे हुन्छ

६ माघ, काठमाडौं । शिक्षा मन्त्रालयभित्र राज्यमन्त्रीको कार्यकक्षमा पुग्दा राज्यमन्त्री धनमाया बिक खनाल अलिकति तनावमा देखिन्थिन् । आफ्नो सेक्युरिटीमा खटिएकी प्रधान थरकी प्रहरी हवल्दारले यौन हिंसा भयो भन्दै झगडा गरेका कारणले मात्रै राज्यमन्त्री धनमाया दिक्क भएकी होइनन्, उनलाई नेपाल सरकारको राज्यमन्त्री पद नै दिक्दारीपूर्ण लाग्न थालिसकेछ । राज्यमन्त्री र सहायक मन्त्री पद नै खारेज गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेकी शिक्षा राज्यमन्त्री धनमायाले जनवादी शिक्षा नीतिको समेत वकालत गरिन् । अब बन्ने शिक्षा नियमावलीले जनवादी शिक्षा नीति ल्याउन सकेन भने आफूले त्यो नियमावलीमाथि ‘अब्जेक्सन’ गर्ने उनले बताइन् । साथै शासनको रिमोट नेता र मन्त्रीसँग भन्दा पनि कर्मचारीसँग हुने निश्कर्षमा पुगेकी धनमायाले अब एकचोटि सामान्य प्रशासन मन्त्री बन्न पाए कर्मचारीलाई सही मार्गमा ल्याउने दाबीसमेत गरिन् । 

तपाई शिक्षा राज्यमन्त्री बनेको कति समय भयो ?
 चार महिना पुगेर पाँच महिना लाग्यो ।

यो कुर्सीमा सन्तुष्ट हुनुहुन्छ ? कि दिक्क लागेको छ ?
अब के कुरालाई सन्तुष्टि भन्नु ? मैले यहाँभित्र शिक्षा क्षेत्रमा देखेका विकृति विसंगतिहरुलाई हटाउन सक्दा र शिक्षामा गुणस्तर पैदा गर्न सक्दा सन्तुष्टि पैदा हुने हो । त्यो नै गर्न नसकेपछि अब सकिएन कि क्या हो भन्ने फिलिङ्स चाहिँ भएको छ । 

 राज्यमन्त्रीको कुर्सी नै त्यस्तै हो कि ? यो कुर्सीमा बस्ने मान्छेको भूमिका कति हुन्छ ? मान्छे भेटघाट गर्ने गर्नेबाहेक के काम छ राज्यमन्त्रीको ?
 अधिकार दिएदेखि त गर्न नसक्ने भन्ने कुरा त छैन । म गर्न सक्छु । अधिकारको बाँडफाँडमा मलाई कुनै पनि डिसिजन गर्ने अधिकार छैन । र, अब मलाई यो कुर्सी कस्तो लाग्छ भने मान्छेहरु रिसाउने जस्तो क्या !

  कसरी ?
जस्तो- कोही मानिसहरु तल फिल्डबाट यहाँ एउटा आशा बोकेर आएका हुन्छन् । उनीहरुको त्यो आशा पूरा हुँदैन । उनीहरुको काम गर्न मेरो अधिकारले भ्याउँदैन । कतिपय ऐन कानूनले भ्याउँदैन । त्यस्तो भइसकेपछि फल्नीले मेरो काम नगरिदिने भई भन्नेखालको पर्न जान्छ । अहिले मैले यो महसुस गरिराखेकी छु ।

 चार महिनामा गुनासोको भारी कति बोक्नुभयो त ?
गुनानो त धेरै । चार महिनामा धेरै आएका छन् । एकदमै आएका छन् । सामान्य प्राविधिक चिजहरु, कसैका केही नमिलेको त कसैको एडमिसन नभइराखेको त मैले ल है फलानाको यो काम गर्दिनोस् है भनेर मैले गर्दिएकी छु । मौखिक रिक्वेस्ट गरेर गर्ने कामहरु त मैले गर्दिएकी छु । अरु ऐन कानून विधिहरु समाएर गर्ने कामलाई अलिकति ढीलासुस्ती भइराखेको छ । भनेपछि तपाई जनताबाट आउने गुनासोसँग डराइराख्नुभएको छ ? डर भन्ने कुरा त यस्तै हो । नगरेको भए डराउने कुरो हुन्थ्यो । म हिम्मत गरेर यो ठाउँसम्म आएकी छु । तर, यहाँ आउँदाको अनुभव मलाई प्राप्त भयो । म विगतमा अरु मन्त्रीहरुलाई, सांसदहरुलाई काम किन नगरेको हो भनेर भन्ने मान्छे हुँ । यहाँ आउँदाखेरि चाहिँ अवरोध यो रहेछ भनेर पत्ता लगाउने अवसरचाहिँ मलाई मिलेको छ ।

  राज्यमन्त्रीको कुर्सीबाट आफूलाई सन्तुष्ट हुने कामचाँहि के-के गर्नुभयो ?
 मैले गरेको कामको सन्तुष्टि भनेको नयाँ शिक्षा नियमावली आयो भने हुन्छ । नियमावलीमा मैले यो देशको शिक्षा नीतिलाई चेञ्ज गर्नुपर्छ भनेकी छु ।

  कस्तो चेञ्ज ?
अहिलेसम्म जस्तोखालको नीति छ, यो बेरोजगारी उत्पादन गर्ने र अव्यवसायिक खालको छ । यहाँका युवाहरुलाई विदेश पलायन गराउनेखालको शिक्षा नीति छ । यो शिक्षा नीतिलाई चेञ्ज गरेर प्राविधिक, व्यवसायिक एवं जीवन र व्यवहारमा लागू हुने र जनवादी शिक्षा चाँहि ल्याउनुपर्‍यो भनेर मैले नियमावलीमा विषयहरु उठान गरेकी छु । यी विषयहरु आए भने यसमा मैले आफू सन्तुष्ट भएको महसुस गर्छु । आएन भने मेरो चाँहि अब्जेक्सन हुन्छ । यो नियमावलीमा मेरो सहमति हुँदैन ।

  नियमावलीबाट ‘जनवादी शिक्षा’को व्यवस्था कसरी गर्ने तपाईको प्रस्ताव छ ?
यसमा म अलिकति एक्लैजस्तो पनि भएकी छु क्या ! यो नियमावली ल्याउने विषयमा हामीले विभिन्न शिक्षाविदहरुसँग, विद्वानहरुसँग, विद्यार्थीहरुसँग, प्रधानाध्यापकहरुसँग सबैसँग छलफल गर्‍यौं । कस्तोखालको शिक्षा नीति ल्याउँदाखेरि उपयुक्त हुन्छ भनेर पटक-पटक छलफल र बहसहरु चल्दाखेरि शिक्षाविदहरुमा पनि यो देशको शिक्षानीतिलाई चेञ्ज गर्नुपर्छ भनेर उहाँहरुले भन्नुभएन ।

  के आयो उहाँहरुबाट सुझाव ?
 उहाँहरुबाट आफ्नैखालका कुरा आए । कसैलाई कहाँ दरबन्दी नपुगिराखेको, कसैलाई के नपुगिराखेको । व्यक्तिगत खालका स्वार्थसँग जोडिएका कुराहरुमात्रै आए क्या ! त्यसले गर्दाखेरि अहिलेसम्म किन यो शिक्षा नीतिमा परिवर्तन आउन सकेको रहेनछ भन्ने मलाई स्पष्ट भयो । जस्तोसुकै विद्वानले पनि आफ्नो व्यक्तिगत स्वार्थभन्दा अर्को कुरा गर्दोरहेनछ क्या ! यस्तै हो भने यो शिक्षा नीति जति वर्ष भए पनि परिवर्तन हुँदैन । कसैको दरबन्दी, छोराछोरीको छात्रवृत्ति र कसैको तलव वृद्धिमात्रै चाहिएको रहेछ ।
अरु देशको हेर्दा तीन कक्षा पढेको व्यक्ति आफैं बाँच्न सक्छ । यहीँ पनि मैले कतिपय निजी विद्यालयहरुमा गएर हेरें । उनीहरुले प्राविधिक शिक्षातिर अलि चासो राखेको देखियो । अहिलेको हाम्रो राज्यको पोलिसी भनेको त सामुदायिक विद्यालयहरुलाई नै गुणस्तरीय र व्यवसायिक बनाउने हो नि । तर, यो देखिएन क्या । पढिसकेको विद्यार्थीले आफ्नो हातमा सर्टिफिकेट भइसकेपछि त्यो ‘शो’ गर्नेमात्रै भइरहेको छ । म पो अहिले सभासद भएँ, राज्यमन्त्री भएँ, तर कतिपय मेरा साथीहरु अहिले डिग्रीको सर्टिफिकेट बोकेर विदेशमा छन् । यो देशको शिक्षा नीतिबाट त युवाहरुले यो खोजेको होइन नि । यही देशमा गरी खाने थुप्रै सम्भावनाहरु छन् । तर, नीति छैन । भिजन छैन । तपाईको अनुभवमा तपाईले भनेजस्तो ‘जनवादी शिक्षा नीति’ बनाउन गाह्रोे छ कि सजिलो ? गाह्रो रहेछ । सपोर्ट पाइँदोरहेनछ । सपोर्ट नभएपछि त एक्लैले गरेर पनि केही हुँदोरहेनछ । त्यो सपोर्ट जुटाउनका निम्ति मैले कोसिस गरिरहेकी छु । अब शिक्षा नियमावली लगभग अन्त्यतिर पुगिराखेको छ । अब त्यो आउँदाखेरि यी विषयहरु समेटिएर आए भने यो नियमावलीमा मेरो सहमति हुन्छ, नत्र भने कसैलाई तलब भत्ता जागिर बढाउनु मात्रै ठूलो कुरा होइन । समस्याहरु हल गर्नु पनि पर्छ, जस्तै अस्थायी शिक्षकहरुको समस्या, राहत टिचरहरु, स्कुलका कर्मचारीका समस्याहरु, दरबन्दीका समस्याहरु थुप्रै छन् । ती समस्याहरुलाई पनि हल गर्नुपर्छ । यी प्राविधिक विषयहरु हुन् । तर, देशको शिक्षा नीति कस्तो बनाउने भन्ने कुरामा चाहिँ अलिकति गम्भीर भएर सोच्नुपर्छ ।

  नयाँ निमावली कहिले आउँछ त ?
तिथिमिति त म भन्दिनँ । किनभने तोकेको मितिभन्दा पछाडि सरिसकेको छ । मैले भन्दाखेरि फेरि जनताले नपत्याउलान् । नियमावली अहिले अर्थमा गएको छ । अब अर्थबाट चाँडै आउँदैछ । त्यसपछि सामान्य ‘करेक्सन’ गर्ने कुराहरु होलान् । अनि कानूनमा पठाइसकेपछि नियमावली बन्ला ।

  राज्यमन्त्री भएर तपाईले चार महिनामा के-के काम गर्नुभयो त ? 
चार महिनामा मैले अध्ययन गरें । यहाँको विकृति विसंगतिहरु सुनेकी थिएँ, बाहिर हुँदा पनि म यसको विरोधी हो । यहाँ शिक्षा क्षेत्रलाई व्यापारीकरण गरिएको छ । यो अन्त्य हुनुपर्छ । शिक्षा क्षेत्रमा दुर्यवटा वर्ग छ । एउटा धनी वर्गले पढ्ने निजी र अर्को गरीबहरुले पढ्ने सामुदायिक, सरकारी विद्यालयहरु । यसलाई एउटै बनाउनुपर्छ । बाहिर हुँदा पनि म यसैको पक्षमा थिएँ । अहिले शिक्षा मन्त्रालयको जिम्मा लिएर आइसकेपछि थुप्रै खालका समस्या देखियो । अस्तव्यस्तता देखियो । म यहाँ आइपुगेपछि जनताले पाउने राहतहरु कुनै ढिलासुस्ती नगरिकन, राजनीतिक प्रतिशोध नगरिकन लक्षित वर्गसम्म पुर्‍याउनुपर्छ भनिरहेकी छु । सबैले यो शिक्षाबाट वञ्चित हुनुभएन । सबैले अधिकार पाउनुपर्‍यो । पाठ्यपुस्तकहरु विद्यार्थीले पाउनुपर्‍यो । कतिपय आवासीय विद्यालयहरुमा मैले हेरे, त्यहाँ अपाङ्गहरुले राज्यबाट पाउनुपर्ने सुविधाहरु पुगेको देखिएन । कतिपय ठाउँमा राज्यले दिएको सुविधा पनि नपाएको भेटियो, यसमा मलाई असाध्यै दुख लागेको छ । म आफू पनि आमा भएको हुनाले बच्चाहरुको त्यो अवस्था देख्दा मलाई आँशु नै आयो । चार महिनामा मैले धेरै स्कुलहरु हेरिसकें । अहिले मेरो काम पनि त्यही नै छ । म अहिले विभिन्न विद्यालयमा घुमिराखेकी छु, गइराखेकी छु । अहिले मेरो अवसर यही भइराखेको छ । 

 शिक्षा मन्त्रालयमा घुसघोरी कत्तिको हुँदोरहेछ ?
 मसम्म त त्यस्तो आइपुग्दैन । किनभने म त्यसमा अलि कडा नै छु । त्यस्तो घुस लिएर, दिएर गर्ने काम म आफू पनि गर्दिनँ र अरुलाई पनि गर्न दिन्न । म यसको विरोधी हुँ । म अलिकति कडा स्वाभावकी भएको कारणले गर्दाखेरि होला, म कहाँ मान्छेहरु नजिक परेका छैनन् । केही सल्लाह गरौं भन्छन्, के सल्लाह हो ल भन भन्छु । उनीहरुले जटिल कामहरु लगाउँछन् । हुने रहेछ भने हुन्छ, नहुने रहेछ भने हुँदैन ।

मन्त्री भएपछि तपाईसँग माओवादी पार्टीका मान्छेहरु कत्तिको रिसाएका छन् ?
सबैलाई खुशी पार्न त सम्भवै हुँदैन । एकजना व्यक्ति खुशी पारेर पनि हुँदोरहेनछ । संस्थागत फाइदा पुग्ने काम छ भने म गर्छु, तर व्यक्ति व्यक्ति खुशी पारेर फाइदा छैन जस्तो मलाई लाग्छ । मन्त्रीसँग कार्यकर्ताले चन्दा पनि त माग्छन् होला ? कार्यकर्ताले भन्दा पनि धेरै चाँहि कस्तो हुन्छ भने विभिन्न खालको रोगीहरु आउँछन् । पहिले कार्यकर्ताहरुमात्रै जोडिन्थे, अहिले मन्त्री भएपछि त म सबैको साझा हुँ नि, त्यसैले धेरै जिल्लाबाट बिरामीहरु, रोगीहरु आउने काम हुन्छ । कोही छोराछोरीलाई छात्रवृत्तिका लागि आउँछन् । मैले जति सक्छु, गोजीमा भएको ५ सयदेखि उँभो… भएका बेलामा दिन्छु, नभएका बेला छैन है भन्छु । कोहीचाँहि चन्दा मागेर व्यवसाय नै गरिरहेका पनि सिंहदरबारमा भेटियो क्या । सदुपयोग भन्दा पनि दुरुपयोग गर्ने । त्यस्तालाई चाँहि म यो ढोकाबाटै बाहिर जाउ तिमी भन्छु । यो कुर्सीमा बसिसकेपछि यहाँ धेरैखालका मानिसहरु आउँछन् । कोही घरै जान पाइएन एउटा टिकट काटिदिनुपरो भनेर आउँछन् । कोही प्लेनको टिकट काटिदिनुपरो भनेर आउँछन् । स्तर हेरेर आउँछन् मान्छेहरु । आफूले उनीहरुलाई जतिसक्दो चित्त बुझाएको छु भन्ने लाग्छ । कति सन्तुष्ट हुन सके, त्यो त उनीहरुमा भर पर्ने कुरा हो ।

  पत्रकारचाँहि कति आउँछन् तपाईकहाँ ?
 पत्रकारहरु चाँहि मसँग खासै धेरै नजिक छैनन् । म पत्रकारको चाँहि अलिकति ओझेलमै छु । कहिलेकाँहि फोनहरु आउँछन्, त्यसको जवाफ दिन्छु । तपाईको विचारमा यो राज्यमन्त्री भन्ने पद आवश्यक छ कि छैन ? यो राज्यमन्त्री भन्ने पद हटाउँदा हुन्छ । मलाई लाग्छ, हटाउँदा हुन्छ । कि अधिकार दिनुपर्‍यो, अधिकार नदिनेभए हटाउनुपर्‍यो । एउटै मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, यो सिस्टमलाई चेञ्ज गर्दा राम्रै हुन्छ ।

कतिपयले त तँ भइहालिस् तँ भएपछि हटाउने ?
भन्ने पनि आउलान् । तर, यहाँ आइसकेपछि काम गरेर देखाउन सकियोस् । मान्छेलाई केही जिम्मा दिइसकेपछि त यो काम गर्ने भनेर देखाइदिनुपर्‍यो नि । अनि पो काम हुन्छ । राज्यमन्त्री पद नेताहरुलाई मन्त्रीको कोटा पुर्‍याउनका लागि मात्रै खडा गरिएको हो कि क्या हो ? त्यो पनि हो कि क्या हो ! यो राज्यमन्त्री भन्ने कसरी भयो, मैले यसै भन्नै सकिनँ । यो राज्यमन्त्री कसरी भयो, सहायकमन्त्री कसरी भयो । अहिले पछिल्लो चरणमा हेर्दाखेरि सहमति, सहकार्य, समानुपातिक, समावेशी सबैलाई पुर्‍याउनुपर्ने भागवण्डाहरु गर्नुपर्ने, नेताहरुले सबैलाई मिलाउनुपर्ने क्राइसिस होला । त्यही भएको हुनाले पनि यो गरेको होला । तर, यो पद कामकाजी तरिकाको चाहिँ होइन । मन्त्री भएपछि विदेश जानुभयो ? गएको छैन । कुनै एनजीओ/आइएनजीओले भन्दैमा म विदेशमा जान्न ।

  राजनीति गर्ने मान्छे, अब यो कुर्सीबाट बाहिरिएपछि के गर्ने विचार छ ? मलाई सामान्य प्रशासन मन्त्री बन्न मन लागेको छ । किन ? कर्मचारीहरुसँग झ्वाँक चल्यो कि क्या हो ? 
एकदमै । कर्मचारी संयन्त्र र यो ब्युरोक्रेसीलाई नियममा चलाउन सक्नुपर्‍यो । एउटा सिस्टम नबसाइकन भएन । कुन कर्मचारी कतिबेला विदेश गएको छ, को कतिबेला कहाँ गएको छ । जनताको काम अड्केको छ । फाइल अडि्कइराखेको छ । खोज्दाखेरि सम्बन्धित शाखाको प्रमुख छैन । कर्मचारी छैन । यसकारणले गर्दाखेरि मलाई शिक्षा मन्त्रालयको मात्रै होइन, सबै मन्त्रालयका कर्मचारीहरुलाई एउटा सिस्टममा बसाउनका लागि त्योखालको अवसर मिल्यो भने सामान्य प्रशासन मन्त्री बन्न चाहन्छु । कर्मचारी संयन्त्रलाई नसच्याइकन केही हुन्नरहेछ । कर्मचारीका हातमा रिमोट हुँदोरहेछ । मन्त्रीले, नेताले जतिसुकै चाहना गरे पनि सम्भव छैन । यसका लागि त अहिले शिक्षा मन्त्रालयकै कर्मचारी तह लगाए भइहाल्यो नि ।

के-के गर्नुभयो तपाईले यहाँबाट ? मैले जुनसुकै जिल्लामा जाँदा पनि जिल्ला शिक्षा अधिकारीहरुलाई भन्ने गरेकी छु, तपाईहरुले नियम कानूनलाई समातेर काम गर्नुहोस् । तपाई कुनै दलको हैन, साझा हुन सिक्नुहोस् । कर्मचारीले यति गर्ने हो भने राज्यको नीति लागू हुन्छजस्तो लाग्छ ।
अहिले हामीले नयाँ नियमावलीमा यो पनि व्यवस्था गर्न लागेका छौं कि विद्यालयमा पढाउने शिक्षकहरुले राजनीति गर्न नपाउने । र, विद्यार्थीलाई विद्यार्थी आन्दोलनमा जानबाट रोकिदियो मात्रै भने पनि शिक्षा क्षेत्रमा सुधार आउन सक्छ । अहिले राज्यको साधन स्रोत सबै सरकारी विद्यालयमा छ । तर, रिजल्ट आउँदाखेरि कहिल्यै राम्रो आउँदैन । त्यहाँको भौतिक पूर्वाधार, वातावरण सबै बिग्रने ।

निजी विद्यालयका शिक्षकहरुको तलब पनि थोरै छ । तर, त्यही विद्यालयमा पढेका विद्यार्थीहरु कति प्रखर भएर आएका छन् ?
कति बाठा छन् । अनि, राज्यले लगानी एकातिर गर्ने, रिजल्ट चाँहि अर्कोतिर गइदिने । यसतर्फ कार्यान्वयन कर्ताहरुको झुकाव देखिएन क्या । म सरकारी जागिरे हो, खाइहाल्छु, मैले जे गरे पनि भइहाल्छ भन्नेखालको देखियो । अनि आफूलाई कहाँ पायक पर्छ, त्यतातिर सरुवा माग्ने मात्रै देखियो । आफ्ना नातागोता सबैलाई यस्तो गरिदिनुपर्‍यो भन्ने, तर राम्रो नपढाउने । यो शिक्षाक्षेत्र बिग्रेको छ, भत्केको छ, यसलाई सुधार्नका निम्ति जहाँ दुर्गम छ, जहाँ बिग्रेको छ, त्यहाँ गएर काम गर्छु भनेर एउटा शिक्षकले हिम्मत गर्नुपर्छ । जिल्ला शिक्षा अधिकारीले पनि त्यो हिम्मत गर्नुपर्‍यो । तर, अहिले सबैको मानसिकता सदरमुकाम र शहर केन्दि्रत छ । शिक्षा यस्तो भयो क्या ! म यो शिक्षा नीति चेञ्ज गर्न चाहन्छु । एउटा व्यक्तिले हिम्मत नगरी यो हुँदैन ।

  अनि सम्पत्ति विवरण त टन्नै भर्नुभयो, धनमाया साँच्चै धनी मन्त्री हो ?
 मैले स्वकीय सचिवालयका साथीहरुलाई लगाएकी थिएँ, उहाँहरुले कसरी त्यस्तो लेख्नुभयो । तर, केही पुख्र्यौली जग्गा जमीन त छ हाम्रो । धरानतिर पनि केही जग्गा जमीन छ । फेरि हाम्रो सम्पत्ति छुट्टाभिन्ना भएको छैन । मैले त त्यो सबै देखाउनुपर्‍यो नि । त्यो मैले देखाइदिएको । डेढ लाखका दुई तीनवटा पलङ त छन् नि ।
अहिले महंगी बढेको छ, डेढ लाखको के आउँछ ?मेरो लो बेड छ, मेरो सुत्ने पलङ छ, अरु आउँदा सुत्ने छ ।

  पछि भ्रष्टाचार गर्नलाई धेरै सम्पत्ति देखाएको त होइन ?
 भ्रष्टाचार त गर्दिनँ भनेर म प्रतिवद्धता गर्दैछु । यो त तपाई मिडियाकर्मी साथीहरुले पनि खोजी गर्नुपर्‍यो । नकारात्मक नकारात्मक मात्रै खोज्ने कुरालाई पनि मिडियाले सुधार्नुपर्‍यो । म यो घुसखोरी तन्त्रलाई अन्त्य गर्ने पक्षमा उभिएकी मान्छे हुँ । म भ्रष्टाचारको विरोधी हो । मैले जनयुद्धमा पनि आफ्नो हातले रसिद लेखेर दिएको छैन ।